काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेका छन् ।
माइतीघर मण्डलाबाट केन्द्रिय सदस्यहरुको समूहसहित आएका उनीहरुलाई प्रहरीले जमलमा रोकेपछि शीर्ष तहका नेताहरु मात्र आयोग गएका हुन् ।
यो समूहले निर्वाचन आयोगमा पार्टीका आफू तर्फ रहेका २ सय ८७ जना केन्द्रिय सदस्यहरुको हस्ताक्षर बुझाउँदै छ । साथै आफूहरुलाई आधिकारिकता दिन समेत यो समूहले आयोगलाई अनुरोध गर्दै छ ।
आयोगमा यतिबेला अध्यक्ष प्रचण्ड र नेपाल सहित, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल सहितका नेताहरु गएका छन् ।