arrow

बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्ध ४५ सांसदले दर्ता गरे  अविश्वासको प्रस्ताव

तीन मन्त्रीले दिए राजीनामा

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
dormani.JPG

काठमाडौं। नेकपा विभाजन भएसँगै प्रदेश सरकारमाथी समेत असर देखिन थालेको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध भर्खरै अविश्वासको प्रस्ताव दर्ता भएको छ । 

प्रचण्ड–माधव निकट नेकपाका४५ सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । पार्टी फुटेपछि बागमती प्रदेश सरकार तीन जना मन्त्रीले समेत पदबाट राजीनामा दिएका छन । 

प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन ।

तीनै जना मन्त्रीको हस्ताक्षर सहित जारी विज्ञप्तीमा उनीहरुले मुख्यमन्त्रीका कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै गएको बताएका छन । 

पत्रमा पार्टी माथी अकल्पनिय संकट आइपरेको र पार्टी एकतालाई बचाउन आफूहरु प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ