नेकपा फुटको असर प्रदेश सरकारमा, वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव
अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १० शुक्रबार
122
Shares
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाकाे पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूहका प्रदेश सभा सदस्यहरुले केपी ओली निकट रहेका पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेश संसद सचिवालयमा शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
अविश्वास प्रस्ताव दर्ता अघी प्रचण्ड-नेपाल समूहका आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका थिए ।