arrow

संसद बिघटनको रिटमा संवैधानिक इजलासमा बहस सुरु

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
supreme-court-of-nepal.jpeg

काठमाडौं। संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चमा परेका १४ वटा रिटमाथी यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । 

संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्र्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसमेत ५ जना छन । 

रिटमाथी यतिबेला अधिवक्ता सन्तोष भण्डारीले बहस गरिरहेका छन । उनले संसद विघटनको निर्णय कार्यान्वयन नगर्न र अन्तरिम आदेश दिन माग गरेका छन ।



लोकप्रिय समाचार
नयाँ