एजेन्सी । स्वर्गीय अमेरिकी पप स्टार माइकल ज्याक्सनको घर र नीजि मनोरञ्जन पार्क (नेभरल्याण्ड र्यान्च) उनका साथी रोन बुर्कलले २ करोड २० लाख (२२ मिलियन) अमेरिकी डलरमा किनेका छन् ।
११ सय हेक्टरमा फैलिएको यो सम्पती किन्नकालागि तीन प्रतिस्प्रर्धीबाट माइकल ज्याक्सनकै साथी अर्बपति बुर्कलले किनेका हुन् ।
सन् २९८८ मा माइकल ज्याक्सनले नीजि पार्क र घरसहितको यो सम्पती किनेका थिए । उनी सन् २००५ सम्म यहाँ बसेका थिए ।
क्यालिफोर्नियाको लस ओलिभोसमा रहेको नेभरल्याण्ड र्यान्चसमते भनिने यो पार्कमा ज्याक्सनले बालबालिका र उनका परिवारलाई मनोरञ्जन समेत गराउँथे ।
ज्याक्सनमाथि बालयौनशोषणको आरोप लागेपछि सन् १९९० देखि २००० सम्म यहाँ विभिन्न अनुसन्धान पनि भएका थिए ।
सन् २००५ मा १३ वर्षीय केटालाई दुरुपयोग गरेको आरोपमा ज्याक्सन निर्दोष साबित भएपछि उनी नेभरल्याण्ड र्यान्चमा कहिलै फर्किएका थिएनन् ।
४ वर्षपछि सन् २००९ मा लस एन्जलस स्थित उनको अर्को घरमा ड्रग ओभरडोजका कारण निधन भएको थियो ।
ज्याक्सनको मृत्युपछि समेत उनीमाथि बालर्दुव्यवहारको आरोप लाग्दै आएको थियो ।
सन् २०१५ मा पहिलोपटक नेभरल्याण्ड र्यान्च १० करोड अमेरिकी डलरमा बिक्रीका लागि राखिएको थियो ।
सन् २०१७ मा फेरि ६७ मिलियन अमेरिकी डलरमा बिक्रीमा राखिएको थियो ।
धेरै मूल्य गिरवाट भएपछि अहिले सन् २०२० मा उनका पूर्वसाथी बुर्कलले २२ मिलियन अमेरिकी डलरमा यो सम्पती किनेका हुन् । स्पष्ट नभए पनि ज्याक्सनले यो सम्पती १९।५ मिलियन अमेरिकी डलरमा किनेको दाबी छ ।