arrow

भेरी अस्पताल नेपालगञ्जमा थप ९० वेडको कोभिड वार्ड सञ्चालनमा

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
bheri-corona-hospital.JPG

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा थप ९० वेडको कोभिड वार्ड सञ्चालनमा आएको छ । यसअघि ७२ बेड सञ्चालनमा रहेको भेरी अस्पतालमा कोरोनाका विरामी बढ्दै गएपछि थप ९० वेडको कोभिड वार्ड बनाइएको हो ।

नवनिर्मित कोभिड वार्डको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तबले कोभिड वार्डको उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समितिको ७५ लाख र स्थानीय तहहरुको २५ लाख सहयोगमा कोभिड वार्ड निर्माण गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

भेरी अस्पतालको कोभिड वार्डमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका कोभिड संक्रमित विरामीहरुको उपचार हुँदै आएको छ ।



लोकप्रिय समाचार
नयाँ