चिनियाँ राजदूत यान्छी फेरि नेकपाका नेताको दैलोदैलोमा, नेपाल र महरासँग भेट
प्रचण्ड र पुनसँग पनि भेटिन् यान्छीले
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १० शुक्रबार
149
Shares
काठमाडौं। नेकपा औपचारिक रुपमा अलग अलग कित्तामा उभिएर कानुनी लडाईमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी फेरि सक्रिय भएकी छिन् । उनले राजनीतिक भेटघाटलाई फेरि तीव्र बनाएकी छिन् ।
नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले बताएका छन् ।
चिनियाँ राजदूत होउ यान्छीले शुक्ववार नै पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता गरेकी छिन्। चिनियाँ राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ ।
नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चासो राखेको स्रोतको दावी छ ।
यसअघि चिनियाँ राजदूतले नेकपाका अध्यक्ष प्रचण्ड र पुर्व उर्जामन्त्री वर्षमान पुनसँग समेत भेटवार्ता गरेकी थिईन ।