arrow

महासंघ कर्णाली अध्यक्षमा शाहीको एकल उम्मेदवारी

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
FNCCI-Logo-2073.jpeg

कर्णाली । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासंघको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म उनको मात्र उम्मेदवारी परेको थियो । उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व तथा कर्णाली प्रदेश समितिका निवर्तमान अध्यक्षसमेत रहनुभएका शाहीको एकल उम्मेदवारीले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।

गएको कार्यकालमा अधूरा रहेका काम पूरा गरी कर्णालीको उद्योग, पर्यटन र निजी क्षेत्रको विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको उनले बताए । त्यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसिएटतर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका निर्वाचित भएको औपचारिक घोषणा शनिबार मात्र गरिने निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी जिल्ला-नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । त्यसका साथै जिल्ला-नगरको पाँच सदस्यका लागि नाङ्गेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कृष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको जनाइएको छ ।

निर्वाचन अधिकृत बस्तेका अनुसार निर्वाचनमा एशोसिएटतर्फ ४४ र जिल्ला-नगरतर्फ ११ मतदाता छन् । जिल्ला-नगरतर्फको उपाध्यक्ष र सदस्यका लागि शनिबार निर्वाचन हुने निर्वाचन समितिले बताएको छ ।



लोकप्रिय समाचार
नयाँ