काठमाडौँ । नेपालमा थप छ सय आठ जना कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार १४२ जनाको पीसीआर परीक्षण भएकोमा ३७१ पुरुष र २३७ महिला गरी छ सय आठ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा काठमाडौँमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना कोरोना संक्रमित भेटिएका छन् ।
शुक्रबार हालसम्म देशभर कोरोना संक्रमितको कूल सङ्ख्या दुई लाख ५७ हजार २ सय पुगेको छ । अहिले देशभर सात हजार ९२ कोरोना संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा ८९२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ ।
गत २४ घण्टामा कोरोन संक्रमणबाट थप नौ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८१६ पुगेको छ ।