डोटी । डोटीमा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान शिखर नगरपालिका - ६ कोटगाउँमा स्कार्पियोको ठक्करबाट मोहन बलायरका ६ बर्षिय छोरा गौरब बलायरको मृत्यु भएको हो ।
धनगढी तर्फ जादै गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका गौरबको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दाबाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ ।
चालक महादेबगिरि र गाडीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा नियन्त्रण राखिएको छ ।