काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कविता चोरी गरेको आरोप लागेको छ ।
केही दिनअघि अभिताभले सामाजिक संजालमा पोष्ट गरेको एउटा कविता विवादमा परेको हो । टीशा अग्रवाल नामक एक महिलाले उक्त कविता आफ्नो भएको दावी गरेकी छिन् ।
अमिताभले पोष्ट गरेको चिया बारेको कवितामा टीशाले कविताको श्रेय आफूले पाउनु पर्ने बताएकी छन् ।
उनले भनेकी छन्- ’जब अमिताभ बच्चनले तपाइको पोष्ट कपी गर्छन र क्रेडिट पनि दिंदैनन् भने अब खुशी हुने की रुने ? टीशाले सो कविता गत अप्रिल २४ मा आफ्नो फेसबुकमा पोष्ट गरेको बताएकी छन् ।