काठमाडौं । पार्टी विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादीका नेताहरुलाई महत्वपूर्ण मन्त्रालय दिएर मन्त्रिपरिषदको हेरफेर र बिस्तार गरेका छन् । टोपवहादुर रायमाझी उर्जा मन्त्री भएका छन्, मणी थापा खानेपानी मन्त्री भएका छन् भने प्रभु साह शहरी विकास मन्त्री भएका छन् ।
त्यस्तै र प्रेम आले वन मन्त्री भएका छन् भने गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ । त्यस्तै यसअघिका महिला बालबालिका मन्त्री लिलानाथ श्रेष्ठ कानुन र कानुमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्थामन्त्री मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । मोती दुगड र जगत विश्वकर्मालाई भने मन्त्रीपदबाट हटाइएको छ ।