काठमाडौं । निरन्तरजसो कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेभन्दा निको हुने बढी भइरहेका बेलामा भारतमा शुक्रबार भने संक्रमित थपिने भन्दा निको हुने कम भएका छन् ।
२२ हजार ३५० जना संक्रमित थपिँदा २२ हजार १८४ जनालाई मात्र निको भएको छ । अहिलेसम्म भारतमा १ करोड १ लाख ६९ हजार ८१८ जना संक्रमित भएका छन् ।
९७ लाख ३९ हजार ३८२ जनालाई निको हुँदा शुक्रबार २५१ जनाले ज्यान गुमाए । अहिलेसम्म १ लाख ४७ हजार ३७९ जनाको ज्यान कोरोनाबाट गइसकेको छ ।
हाल भारतमा २ लाख ८० हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् । गत सेप्टेम्बरमा १० लाख २० हजार पुगेको सक्रिय संक्रमितको संख्या अहिले घटेको हो ।