arrow

मन्त्रिमण्डल विस्तारपछि ओलीलाई बाबुरामको प्रश्नः ‘यो कहाँको विधि र परम्परा हो ?’

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
baburam2.jpg

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि शुक्रबार साँझ मन्त्रिमण्डल विस्तार गरेपछि बैधानिकताको प्रश्न उठेको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘यो कहाँको विधि र पम्परा हो’ भनेर प्रश्न गरेका छन् ।

‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा. भट्टराईले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो ?’

उनले अगाडि लेखेका छन्, ‘सत्ता चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’



लोकप्रिय समाचार
नयाँ