arrow

ओलीले निरंकुश शासकले जस्तै मन्त्रिपरिषद बिस्तार गरे: भीम रावल

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
bhim-rawal-1.jpg

काठमाडौं । नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासकले जस्तै मन्त्रिपरिषदको बिस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।

शनिबार ट्वीटरमा टिप्पणी गर्दै उनले ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको उल्लेख गरेका छन्।

देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई संविधान र लोकतन्त्रको खिल्ली उडाएको उनको टिप्पणी छ।
 



लोकप्रिय समाचार
नयाँ