arrow

नयाँ जनादेशमा जानुको विकल्प छैन : ऊर्जामन्त्री रायमाझी

logo
रासस,
प्रकाशित २०७७ पुष ११ शनिबार
topbahadur1.jpg

ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका छन्। ललितपुर क्षेत्र नं १ मा आज आयोजित भेलामा उनले राष्ट्र निर्माणका लागि नेकपाका दुबै पक्ष मिलेर अघि बढ्नु निकै उत्तम हुनेछ भने।

“यो समय भनेको विकास र समृद्धि गर्ने बेला हो। हामी मिलेर पार्टी एकताको पहल गरौं”, प्रचण्ड समूहतर्फ ईङ्कित गर्दै उनले भने, “अन्तर विरोधको हलतिर लागौँ। हामी तपाईहरुलाई अझै साथ दिन तयार छौं। यदी हाम्रो प्रस्ताव नमान्ने हो भने नयाँ जनादेशमा जानु बाहेक अन्य विकल्प रहेको छैन्।”

मन्त्री रायमाझीले राष्ट्रिय राजनीतिको आन्दोलनमा ठूलठूला योगदान गरेका नेताले देश विकासको योजना र कार्यक्रममाभन्दा पनि पद र प्रतिष्ठा प्राप्तिमा मोह राख्नु हास्यास्पद भएको उल्लेख गर्दै दुई तिहाइ बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर सिधाउन खाजेको देखेपछि यसबाट जोगिन संसद् विघटनको कदम चाल्नुपरेको बताए। उनले भने, “आफ्नै दलका सांसद र नेताले सरकार ढाल्ने कोशिस गरेपछि यो कदम अघि बढाउनु उपयुक्त थियो।”

नेकपाका केन्द्रीय सदस्य सुशिला नेपालले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ भने। अर्का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पार्टीमा बढेको बिवादका कारण सरकारले गरेका राम्रा काम ओझेलमा परेको उल्लेख गरे।

नेकपाका केन्द्रीय सदस्यहरु नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा र मधुसुदन पौडेललगायतले हाल मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको हुँदा पार्टीका सबै नेता तथा कार्यकर्तालाई गोलबन्द भएर अघि बढ्न आह्वान गरे।



लोकप्रिय समाचार
नयाँ