कर्णाली। नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। आज सम्पन्न महासङ्घ कर्णाली प्रदेश समितिको निर्वाचनका लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो।
शाहीका अध्यक्षतामा ११ सदस्यीय प्रदेश कार्यकारिणी समिति निर्वाचित भएको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए। अधिकृत बस्नेतका अनुसार समितिका उपाध्यक्षमा जुम्लाका रजवअली मनिहार (जिल्ला–नगरबाट) सुर्खेतका प्रकाश उप्रेती ९एशोसियटबाट० र कोषाध्यक्षमा सल्यानका सुधन श्रेष्ठ निर्वाचित भएका छन्।
एसोसियट सदस्यमा झविराज खत्री र सीताराम कार्की यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। जिल्ला नगरका पाँच सदस्यमा कविराज कँडेल (सुर्खेत), कर्णबहादुर खत्री (जाजरकोट), दीपकराज खड्का (रुकुम पश्चिम), कृष्णप्रसाद कोइराला (दैलेख) र नामग्याल तामाङ (हुम्ला) निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले जनाए। उनका अनुसार प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ। आज सम्पन्न निर्वाचनमा एसोसियटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता थिए।