arrow

चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी आउँदै, महत्व ओलीलाई कि प्रचण्ड–नेपाललाई ? 

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
oli-prachanda.gif.gif

काठमाडौं । नेपालको बदलिँदो राजनीतिक अवस्थामा छिमेकी मुलुकहरुको चासो बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट कम्युनिष्ट पार्टीका उच्च अधिकारी आइतबार काठमाडौं आउँदै छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता काठमाडौंमा जारी रहेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको टोली काठमाडौं आउन लागेको हो । 

‘चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु आउने खबर आएको छ, अन्य विषयमा जानकारी छैन,’ नेकपाका एक नेताले भने । सो टोलीले काठमाडौंमा विभाजित दुबै नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाललाई भेट्ने स्रोतले बतायो । 

त्यसबाहेक अन्य भेटका विषयमा भने केही खुलाइएको छैन । चीनले विभाजित नेकपाका दुई पक्षमध्ये कुन पक्षलाई बढी महत्व दिन्छ भन्ने विषयमा भने चासो बढेको छ ।

चीनले नेपालमा कम्युनिष्ट सरकारलाई निरन्तरता दिन चाहिरहे पनि व्यक्तिका लागि भने प्राथमिकता नदिएको बुझिएको छ । यसअघि भने ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिन चिनियाँ पक्षले दवाव दिइरहेका बेलामा अब भने जोसुकै व्यक्तिको नेतृत्व भए पनि कम्युनिष्ट भए पुग्ने निष्कर्षमा चीन पुगेको पनि बुझिएको छ । 

नेकपा दुई चिरा भएपछि त्यसलाई मिलाउनका लागि राजदूत यान्छीले दुवैतर्फका नेताहरुको भेटलाई तिव्रता दिएकी थिइन् । 



लोकप्रिय समाचार
नयाँ