काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको शनिबार रातिको खेलमा मिश्रित परिणाम आएको छ । बक्सिङ डेमा आयोजित खेलमा चेल्सीले ठूलो हार बेहोर्दा म्यान्चेस्टर सिटी विजयी भएको छ । म्यान्चेसटर युनाइटेडले भने बराबरी खेलेको छ ।
शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हरायो । प्रिमियर लिगका पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनललाई चेल्सीमाथिको जितले ठूलो राहत दिएको छ ।
बर्खास्तीको डरबाट गुज्रिरहेका प्रशिक्षक मिकेल अर्टेटामाथि दबाब समेत कम परेको छ ।
पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले घरेलु मैदानमा जित निकाल्ने सम्भावना देखाएको थियो ।
आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्याए ।
खेल सकिन ५ मिनेटअघि चेल्सीका टमी अब्राहमले गोल गर्दै हारको अन्तर घटाउने प्रयास गरेका थिए ।
यो हारसँगै चेल्सीले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । फ्रयांक लम्पार्ड आफ्ना लेजी स्टारहरुसँग रिसाएका छभन् ।
अंक तालिका
१४ खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । १५ खेलबाट २९ अंकको एभर्टन दोस्रो स्थानमा पुगेको छ । १५ खेलबाट २८ अंकको लेस्टर सिटी तेस्रो स्थानमा छ ।
१४ खेलबाट २७ अंकको म्यान्चेस्टर युनाइटेड चौथो तथा १४ खेलबाट २६ अंकको म्यान्चेस्टर सिटी पाँचौं स्थानमा छ ।
२५ अंकसहित चेल्सी सातौं तथा १७ अंकबाट आर्सनल १४ औं स्थानमा छ ।