काठमाडौं । भारतीय अभिनेता रजनीकान्त अस्पतालमा भर्ना भएका छन् । उनको हैदराबादको अपोलो अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचापका कारण उनी अस्पताल भर्ना भएका हुन् ।
उनलाई पूर्णरुपले बेड रेस्टका लागि सल्लाह दिइएको छ । हेल्थ अपडेट गराउँदै अस्पतालले रजनी र उनको उपचार गरिरहेका चिकित्सकले अपील जारी गर्दै उनलाई कुनै पनि डिस्टर्ब नगर्न आग्रह गरेको छ ।
उनलाई भेट्न आउनेलाई भेट्न दिइएको छैन । किनकि उनलाई बिना कुनै डिस्टर्ब आरामको जरुरी रहेको छ ।
शुक्रबार बिहान उनी अस्पतालमा भर्ना भएका छन् । ७० वर्षीय रजनीको रक्तचापमा उतारचढाव आएको छ । रक्तचाप सामान्य नभएसम्म उनलाई चिकित्सककै निगरानीमा राखिने छ ।
उनको कोरोना भाइरस परीक्षण भने नेगेटिभ आएको छ । उनले गत १४ डिसेम्बरदेखि अन्नाथे चलचित्रको सुटिङ थालेका थिए । सन् २०२१ मा उनको चलचित्र र पार्टी सँगसँगै आउने छ ।
फिल्ममा ज्याकी श्राप पनि रहने छन् । त्यस्तै कीर्ति सुरेश, खुशबू, प्रकाश राज र सूरी पनि रहने छिन् ।