arrow

चिसोले जनजीवन जताततै प्रभावित, यस्तो छ अवस्था

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
weather-final.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

हाल  देशको पश्चिमी तराईमा आँशिक बदलीसंगै मध्य तथा पूर्वी तराईका केही भूभागहरुमा कुहिरो र हुस्सु लागेको छ ।

बिहानको समयमा, थोरै स्थानहरुमा हुस्सु–कुहिरो लागेको भएता पनि अपरान्हसम्ममा सुधार हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तराईका थोरै स्थानमा बिहानीपख लागेको हुस्सु–कुहिरो अपरान्हसम्ममा सुधार हुँदै जाने देखिएको भन्दै कुहिरो–हुसु लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तापक्रम
बिहान सबैभन्दा कम तापक्रम जुम्लामै रह्यो । त्यहाँ माइनस ४.३ डिग्री सेल्सियस रह्यो । त्यस्तै काठमाडौंमा तुसारो परेको भए पनि न्यूनतम तापक्रम भने २.३ डिग्री सेल्सियस रह्यो । 

दिपायलमा ३.३, डडेलधुरामा ५.५, वीरेन्द्रनगरमा ३.८, धनगढीमा ७.५, नेपालगञ्जमा ६, पोखरामा ६, भैरहवामा ६.२, सिमरामा ७, धनकुटामा ७.३, विराटनगरमा ८.७ तथा जनकपुरमा ६.४ डिग्री सेल्सियस तापक्रम रह्यो ।  



लोकप्रिय समाचार
नयाँ