arrow

मसिनाखोलामा ट्रकको ठक्करबाट दुईको मृत्यु

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
accident1.jpg

तम्घास । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।

बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आइतबार बिहान करीब २  बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
नयाँ