arrow

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता, भेटघाट गोप्य

नेपालको आन्तरिक राजनीतिमा फेरि देखियो चिनियाँ माइक्रो मेनेज्मेन्ट

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
china-Guo-Yezhou.jpg

काठमाडौं । नेपालको बदलिंदो राजनीतिक अवस्थामा छिमेकी मुलुकहरुको चासो बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट कम्युनिष्ट पार्टीका उच्च अधिकारी आइतबार काठमाडौं आइपुगेका छन ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौं सहितको चार सदस्सीय टोली केही बेरअघी एयर चाइनाको उडानमार्फत काठमाडौं उत्रिएको हो ।

उनीहरु त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट सुरक्षाकर्मी बिना नै भेटघाटमा निस्किएका छन् भने भेटघाटबारे खुलाइएको छैन । चिनियाँ दुतावासमा मूल ढोकाको प्रयोग नगरि वैकल्पिक ढोका प्रयोग गरेर उपमन्त्री येचौंसँग दुतावासले भेटघँटको प्रबन्ध मिलाइएको पाइएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार चिनियाँ दुतावासले समेत उनीहरुका लागि सुरक्षाकर्मी माग गरेको छैन । यस्तै परराष्ट्र मन्त्रालयले समेत सुरक्षा निकायसँग सो बारे समन्वय गरेको छैन । परराष्ट्र मन्त्रालयलाई येचौंको भ्रमणबारे चिनियाँ दुतावासले केहि जानकारी दिएको छैन्। 

नेकपा विभाजनमा पुगेसँगै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले समेत नेकपा नेताहरुसँगको भेटघाटलाई तिव्रता दिंदै आइरहेकी थिइन ।

चीनबाट आएको टोलीले भने काठमाडौंमा विभाजित दुबै नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाललाई भेट्ने स्रोतले बतायो । यो भेटघाटसँगै चीनले विभाजित नेकपाका दुई पक्ष मध्ये कुन पक्षलाई बढी महत्व दिन्छ भन्ने खुल्नेछ ।

नेकपाको एकता गराउन महत्वपूर्ण भूमिका खेलेको चिनियाँ कम्युनिष्ट पार्टीले औपचारीक विभाजन उन्मुख नेकपालाई मिलाउन सके पनि नसकेपनि यो भ्रमण भने नेपालको आन्तरिक राजनीतिमा चिनियाँ माइक्रो मेनेज्मेन्टको रुपमा अर्थ्याएका छन् ।  यसअघी पटक पटक फुटको चरणमा पुगेको नेकपा चिनियाँ माइक्रो मेनेज्मेण्ट पछि जोगिदै आएको थियो । यसपटक भने यो अवस्था आउनेमा भने शंङ्का गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ