arrow

'सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा पूर्वमन्त्रीहरु नै सक्रिय'

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
padma-aryal-minister.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय छोडेकी पद्मामा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताएकी छन् ।

मन्त्रालयले आइतबार सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।  

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको  नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरिन्  ।

मन्त्री अर्यालले आइतबारै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेकी छन् । नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन्।



लोकप्रिय समाचार
नयाँ