arrow

ओली भ्रष्टाचारीको नाईके : मन्त्री सोनल

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १२ आइतबार
jasapa-birod-janakpur.JPG

जनकपुरधाम। प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रधानमन्त्री केपी शर्मा ओली निरकुंश प्रवृतिबिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मन्त्री सोनलले प्रधानमन्त्री ओलीलाई पूँजीपति, दलाल र भ्रष्टाचारीहरुको नाईके रहेको आरोप समेत लगाए । उनले भने प्रधानमन्त्री ओली  भ्रष्टाचारीको नाईके हुन् ।'

आइतबार जनता समाजवादी पार्टी नेपालले  जनकपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको तर्क राखे ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध जनता समाजवादी पार्टीले आइतबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायत प्रदेशको सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

गत आईतबार प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले  देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । जसपाले घोषणा गरेको ५ दिने विरोध कार्यक्रम अन्तर्गत आइतबार अन्तिम दिन प्रदेश २ का जिल्लाहरुको ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ।

विरोध प्रदर्शनमा मन्त्री सोनललगायत प्रतिनिधीसभा सांसद प्रमोद साह समेत सहभागि भएका थिए । दर्जनौं नेता कार्यकर्ताहरुको सहभागितामा स्थानीय जनकचोकबाट निस्केको विरोध  र्‍याली  नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो  ।



लोकप्रिय समाचार
नयाँ