इंग्लिस प्रिमियर लिगः रेलिगेशन क्षेत्रको टिमसँग लिभरपुलको बराबरी
प्रकाशित २०७७ पुष १३ सोमबार
115
Shares
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले रेलिगेशन क्षेत्रको टिम वेस्टब्रोमविच आल्बियनसिंग बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार राति घरेलु एनफिल्डमा भएको खेलमा लिभरपुलले लिग तालिकाको १९ औं स्थानमा रहेको वेस्टब्रोमसंग १–१ गोलको बराबरी खेलेको हो ।
साडियो मानेले खेलको १२ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ८ मिनेटअघि सेमी अजायीले गोल गर्दै वेस्टब्रोमलाई बराबरीमा ल्याएका थिए ।
यो बराबरीले लिभरपुललाई जित निकाल्दै अंक तालिकामा ५ अंकको अग्रता लिने अवसरमा पूर्णविराम लगाइदियो ।