काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणतर्फ आउँदै गर्दा सबैभन्दा प्रभावित अहिले केरल भएको छ । भारतमा हाल २ लाख ७६ हजार २८ जना सक्रिय संक्रमित हुँदा सबैभन्दा बढी केरलमै रहेका छन् ।
केरलमा हाल ६५ हजार १६५ सक्रिय संक्रमित छन् । दोस्रो स्थानको महाराष्ट्रमा ५९ हजार २१४ सक्रिय संक्रमित छन् । समग्रमा भने महाराष्ट्र शीर्ष स्थानमा छ । महाराष्ट्रमा १९ लाख १९ हजार ५५० जना संक्रमित भइसकेका छन् । त्यहाँ ४९ हजार २५५ जनाको ज्यान गएको छ ।
समग्रमा पाँचौं स्थानको केरलमा २ हजार ९७७ जनाको ज्यान गएको छ । आइतबार केरलमा सबैभन्दा बढी ४ हजार ९०५ जना संक्रमित थपिएका छन् ।
आइतबार भारतमा २० हजार ३३३ संक्रमित थपिँदा २१ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २ लाख ८ हजार ७२५ जना संक्रमित भएका छन् ।
९७ लाख ८१ हजार ९५४ जनालाई निको भएको छ भने २ लाख ७६ हजार २८ जना सक्रिय संक्रमित छन् ।
२८१ जनाले ज्यान गुमाउँदा अहिलेसम्म ज्यान गुमाउने १ लाख ४७ हजार ९४० पुगेका छन् ।