काठमाडौं । उत्तरपूर्वी चीनमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको ज्यान गएको छ । उक्त घटनामा परी ७ जना घाइते भएका छन् ।
लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मारेको हो । ज्यान गुमाउने अधिकांश महिला हुन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस्ता घटना चीनमा हुँदैनन् । तर एक मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ । घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
मारिएकाहरु अधवैशे महिलाहरु बढी रहेको जनाइएको छ । विद्यालय बन्द भएका कारणले ठूलो क्षति हुन नपाएको पनि बताइएको छ ।