काठमाडौं । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना राहत कोषमा हस्ताक्षर गरेका छन् । लामो समयदेखि अड्किएको उक्त राहतसम्बन्धी कानुनमा ट्रम्पले हस्ताक्षर नगर्दा कोरोनाका कारण रोजगारी गुमाएका लाखौं अमेरिकी नागरिक सरकारबाट पाउने राहतबाट वञ्चित भएका थिए ।
चर्को दबावपछि ट्रम्पले राहत कोषमा हस्ताक्षर गरेका हुन् । यो राहत कोष ९ सय बिलियन डलर रकमको हो । यसअघि आर्थिक सहायता दिने सम्बन्धी विधेयकमा लामो छलफल पछि संसदले अनुमोदन गरेको थियो ।
यो विधेयकमा ट्रम्पले सोमबार रातिसम्म हस्ताक्षर गर्नैैपर्ने थियो । यदि नगरेको भए कामचलाउ सरकारले त्यसपछि कुनै कदम चाल्न सक्ने थिएन । अमेरिकामा जो बाइडेनले जनवरी २० देखि ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् ।
अमेरिकामा कोरोना भाइरसको महामारीका कारण १ करोड ४० लाख अमेरिकीहरु बेरोजगारीको शिकार हुन पुगेका छन् ।