arrow

दोस्रो टेष्टमा भारत बलियो, अष्ट्रेलियाविरुद्ध ३५ वर्ष पुरानो रेकर्ड बराबरी

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
ajankya-rahane-rabindra-jad.jpg

काठमाडौं । अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत बलियो देखिएको छ । भारतले मेलबर्नमा भइरहेको खेलको पहिलो इनिङमा भारतले १३१ रनको अग्रता बनाउन सफल भएको छ । 

बक्सिङ डेमा सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १९५ रन बनाएको थियो । जवाफमा भारतले ३२६ रन बनायो । 

भारतले ३५ वर्ष पुरानो रेकर्डको बराबरी गरेको हो । कप्तान अजिन्क्या रहानेले ११२, रविन्द्र जडेजाले ५७ तथा शुभनम गिलले ४५ रन बनाए । 

भारतले पहिलो टेष्टमा पनि पहिलो इनिङमा अग्रता लिएको थियो । तर दोस्रो इनिङमा केबल ३६ रन बनाएपछि पराजित हुनुपरेको थियो । 

भारतले दोस्रो खेलको पहिलो इनिङमा पनि अग्रता लिएको छ । यो अष्ट्रेलियाविरुद्ध भने रेकर्ड बनेको छ । सन् १९८५–८६ मा भारतले लगातार दुई टेष्टको पहिलो इनिङमा अग्रता लिएको थियो । 

पहिलो इनिङमा १३१ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङ थालिसकेको छ । 

चार खेलको टेष्ट सिरिजको पहिलो खेलमा भारत १–० ले पछि छ । 
 



लोकप्रिय समाचार
नयाँ