काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले भाषणले हुने भए नेपालीले गरिबीको सामना किन गर्नु पर्दथ्यो ? भन्दै अहिले बेथिति मच्याउनेहरुविरुद्ध गम्भीर प्रश्न तेस्र्याएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत सोमबार बिहान नेता भण्डारीले लोकतन्त्रको नाममा नेताहरुले बेथिति निम्त्याएको समेत बताएका छन् ।
उनले लेखेका छन्, ‘लोकतन्त्रको नाममा जनताका रक्षक भक्षक बने । भाषणले हुने भए नेपालीले गरिबीको सामना किन गर्नु पर्दथ्यो ?’
उनले व्यक्तिगत स्वार्थको द्धन्द्धमा देश बन्धक बन्न सक्दैन भन्दै अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि संसद विघटन गरेपछि उनी आक्रोशित भएका हुन् ।
उनले अन्तिम न्यायालय जनता भएको भन्दै जनताको जनादेशलाई स्वीकार गर्न पनि आग्रह गरेका छन् ।