arrow

सौरभ गांगुली भाजपामा ? 

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
saurav-ganguly.jpg

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष एवं पूर्व कप्तान सौरभ गांगुली भारतीय जनता पार्टी (भाजपा) मा जान लागेको चर्चा ब्यापक भएको छ । उनले आइतबार बेलुकी पश्चिम बंगालका राज्यपाल जगदीप धनखडेसँग भेट गरेका छन् । दुबैबीच एक घण्टा छलफल चलेको बताइएको छ । 

उक्त भेटपछि गांगुली भाजपामा आवद्ध हुने अड्कल भइरहेको छ । राजभवनसँग सम्बन्धितहरु भने यसलाई शिष्टाचार भेट भनी वर्णन गरेका छन् । 

राज्यपालले थुप्रै मुद्दामा गांगुलीसँग चर्चा गरेको बताएका छन् । गांगुलीले इडन गार्डेनको मैदान हेर्न निम्ता दिएकामा उनले मानेका थिए । 

पश्चिम बंगालमा आगामी अप्रिल–मे मा विधानसभा चुनाव हुँदैछ । यसअघि राजनीतिक सरगर्मी बढिरहेको छ । पछिललो दिनमा गृहमन्त्री अमित शाहको उपस्थितिमा तृणमूलका बागी शुभेन्दुसँगै १० विधायक भाजपामा आएका थिए भने भाजपा सांसद सौमित्र खानकी पत्नी सुजाता मन्डल तृष्णमूलमा गएकी थिइन् । 



लोकप्रिय समाचार
नयाँ