काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कि नेतृ रामकुमारी झाँक्रीले पार्टी विभाजनको पीडामा मजाक गर्ने जो कोहीप्रति सामान्य मान्न नसकिने बताएकी छिन् ।
सोमबार विहान ट्वीटरमा आफ्नो धारणा राख्दै उनले पार्टी विभाजनले पीडावोध भएको संकेत गरेकी छिन् ।
उनले लेखेकी छिन-‘पार्टी बिभाजनको पिडा कति हुन्छ हामीलाई थाहा छ।०५४ सालमा हाम्रो पार्टी विभाजनले समग्र लोकतन्त्र माथि नै प्रहार भयो ।०४६ सालको जनआन्दोलमको उपलब्धि खोसियो । फेरी लड्यौ गणतन्त्रको ल्यायौ,यो विभाजनले के हुन्छ भन्न सकिन्न।हाम्रो पिडामा मजाक गर्ने जो कोहीप्रति म सामान्य ढंगले पेस हुन सकिन।’
संसद विघटनपछि आक्रोशित बनेकी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपतिले कम्युनिष्ट आन्दोलन समाप्त गरेको प्रतिक्रिया दिंदै आएकी छिन् । संविधानको चिरहरण भएको बताउँदै आएकी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’को संज्ञा दिएकी छिन ।