एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्डले कांग्रेले ल्याएको ९०० बिलियन डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।
कोरोना भाइरसको महामारीपछिको बेरोजगारी, गरिबी एवं अन्य आर्थिक समस्याहरुलाई मध्यनजर गर्दै ल्याएको यो प्याकेज एक महिनाको हस्ताक्षरपछि अमेरिकी कांग्रेसबाट स्विकृत भएको थियो ।
ट्रम्पले भने प्रत्येक व्यक्तिलाई व्यक्तिगतरुपमा ठूलो रकम दिने भन्दै यो प्याकेजमा हस्ताक्षर गर्न मानेका थिएनन् । तर, उनले सोमबार हस्ताक्षर गरेका हुन् ।
अमेरिकी संघीय सरकारले २.३ ट्रिलियन डलर कोरोना भाइरसको महामारीपछिको राहत स्वरुप वितरण गर्ने भएको छ ।
यो प्याकेज त्यसै अन्तर्गतको हो । कोरोना भाइरसको माहामारीका कारण अमेरिकामा करिब डेढ करोड नागरिकले रोजगारी गुमाएका छन् ।