arrow

 चिनियाँ कम्युनिष्ट पार्टीको टोली खुमलटार, बानेश्वर हुँदै बालुवाटार छिर्‍यो

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
china_team1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विभाजनको अवस्थामा पुगेका बेला आइतबार काठमाडौं उत्रिएको चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका नेता कुअ यचौको नेतृत्वको टोली शीर्ष नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएको छ ।

आइतबार नेपाल सरकारलाई जानकारी समेत नदिइ काठमाडौं उत्रिएको चार सदस्यीय टोलीले सोमबार विहानैदेखि नेकपाका शीर्ष नेताहरुलाई भेटवार्ता गरिरहेको छ ।

आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर एक घण्टा लामो कुराकानी गरेको टोलीले सोमबार विहान खुमलटारस्थित नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेको छ ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । नेकपा विभाजित हुने संकेत बुझेर आएको चिनियाँ टोलीले नेकपामा एकता गराएर फर्कने मनसाय बनाएको छ ।

प्रचण्डलाई भेटेर फर्किएको टोलीले बानेश्वर पुगेर नेकपाका अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ । हाल दाहाल-नेपाल समूहका अध्यक्षसमेत रहेका नेपालसँग एभरेष्ट होटलमा भेटेर समसामयिक विषयमा कुरा गरेको हो ।

त्यस्तै टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ र सोमबार विहान पनि भेटवार्ता गरेको छ । वालुवाटार स्रोतका अनुसार आइतबार साँझ प्रधानमन्त्रीसँग भएको भेटका क्रममा दुई देशबीचको हित साथै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए। सोमबारका भेटमा भने संसद विघटन र नेकपा विभाजनबारे कुराकानी भएको छ ।



लोकप्रिय समाचार
नयाँ