arrow

उर्जामन्त्री रायमाझीलाई वधाई दिन पुगे भारतीय राजदूत क्वात्रा

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
top-india.jpg

काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तोपबहादुर रायमाझीलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेर बधाइ दिएका छन् ।

सोमबार राजदूत क्वात्राले मन्त्रालयमै पुगेर मन्त्री रायमाझीसँग भेटवार्ता गर्दै बधाइ दिएका हुन् । भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल भएको उर्जामन्त्री रायमाझीको सचिवालयले जनाएको छ ।

यस्तै राजदूत क्वात्राले समेत भेटका क्रममा उर्जा क्षेत्रमा दुईपक्षीय सहयोग, सहकार्य र संयुक्त योजना कार्यान्वयनका विषयमा छलफल भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भेटमा विभिन्न योजना कार्यान्वयनका विषयमा छलफल भएको बताएका हुन् । संसद विघटनपछि मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले रायमाझीलाई उर्जामन्त्रीमा नियुक्त गरेका थिए ।

नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य बढ्दै गइरहेका बेला उर्जाका क्षेत्रमा समेत पछिल्लोसमय उल्लेख्य सहकार्य भइरहेको छ ।

पटकपटक नेपाल भारतबीच उर्जा क्षेत्रका विभिन्न योजनाहरु सम्बन्धी भर्चुल सम्मेलन हुँदै भएका छन् ।



लोकप्रिय समाचार
नयाँ