arrow

नेकपा सिन्धुपाल्चोकमा भाँडभैलो: नवनियुक्त मन्त्रीका कार्यक्रम बहिष्कार गर्न आब्हान

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
dawa-tamang.jpg

काठमाडौं । नेकपा सिन्धुपाल्चोकले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङका सबै सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्न आब्हान गरेको छ ।

जिल्ला अध्यक्ष झम्क नेपालले आइतवार मन्त्री तामाङलाई कारवाही गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद प्रदेश सभामा पराजित दावालाई मन्त्री बनाएकोमा आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘अवैधानिक सरकारको कथित मन्त्री पद स्वीकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ्ग प्रतिगामी कित्तामा पुग्नुभएको छ । त्यसैले नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरूलाई स्वतः भंग गर्नुभएको छ । असंवैधानिक सरकारका मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुन,तदनुरूपको व्यवहार गर्न मातहतका पार्टी कमिटी,स्थानीय सरकार र आम जनसमुदायमा अनुरोध गर्दछौं ।’

पार्टीको जिल्ला सचिब समेत रहेका मन्त्री तामाङ ओली पक्षका हुन । सिन्धुपाल्चोक अध्यक्ष नेपाल भने दाहाल-नेपाल पक्षका हुन । अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धीहरु नै जोखिममा परेको ठहर गर्दै संविधानमाथिको हमलाप्रति भर्त्सना गरेका छन् ।

विज्ञप्तिमार्फत उनले असंवैधानिक कदमको दृढतापूर्वक प्रतिरोध गर्दै उपलब्धीहरुको रक्षाको निम्ति पार्टी केन्द्रीय कमिटीबाट घोषित १४ गतेको प्रदर्शनमा भाग लिन काठमाडौं जानेलगायत सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन मातहतका कमिटी र आम जनसमुदायलाई अपिलसमेत गरेका छन् ।
 



लोकप्रिय समाचार
नयाँ