arrow

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वप्रकाशको सुझाव- 'रामवरण यादवसँग ट्युसन पढ्नुस्'

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
bishwa-prakash2.jpg

कठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्टपति विद्यादेवी भण्डारीलाई राष्टपति पदको भूमिका बारे पूर्व राष्टपति रामवरण यादवसँग ट्युसन क्लास लिन सुझाएका छन ।

संसद विघटनको बिरोधमा काठमाडौं २ मा आयोजित विरोध प्रदर्शनपछिको सभालाई कोटेश्वर चोकमा सम्बोधन गर्दै प्रवक्ता शर्माले राष्टपति भण्डारीलाई पूर्व राष्टपति यादवसँग ज्ञानको कक्षा लिन सुझाएका हुन ।

‘राष्ट्रपति ज्यूमा ज्ञानको कमी भयो, राष्ट्रपति पद के हो र भूमिका के हुनु पर्छ भन्ने कक्षा लिन तपाइले पूर्व राष्ट्रपति रामवरण यादवसँग ट्युसन क्लास पढ्नुस्,’ प्रवक्ता शर्माले भने ।

प्रवक्ता शर्माले कांग्रेस नेकपा भित्र देखिएको विवादका विषयमा कुनै पनि कित्तामा नरहेको र नरहने बताउँदै कांग्रेस जनताको जनताको पक्षमा रहने समेत बताए ।

‘कांग्रेस न ओलीसँग नजिक छ, न प्रचण्ड वा माधवसँग कांग्रेस जनतासँग नजिक छ, जनतासँगै नजिक रहन्छ,’ शर्माले भने ।



लोकप्रिय समाचार
नयाँ