कपिलवस्तु । नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तीन वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं १ को बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नं जितपुरमा विरोध प्रदर्शन गरेको थियो । त्यस्तै क्षेत्र नं २ को महाराजगंज नगरपालिका क्षेत्रमा नगर परिक्रमा गरि महाराजगंजमा पुगेर कोण सभा गरिएको थियो । उता क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए ।
क्षेत्र नं को कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री कमलेश कुमार शर्मा, पुर्व पार्टी सभापति राजेश आर्चाय, जिल्ला नेता हरिराज घिमिरे, महेन्द्र पाठक विष्णु थापा ,शक्ति सिंह ठकुरी, दिनेश क्षेत्रि मगल प्रसाद थारु लगाएत बोलेका थिए ।
क्षेत्र २ को महाराजगजंमा क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय आमन्त्रित सदस्य राजेश सिंह,पुर्व पार्टी सभापति सुधाकर पाण्डेय, जिल्ला उपाध्यक्ष अब्दुल कलाम खां, क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेय,महिला संघ सभापति मिना केसी, रुपक खनाल लगायत बोलेको कार्यक्रमको संचालन युवा नेता गगेश कुमार तिवारीले गरेका थिए ।
उता क्षेत्र नं ३ मा क्षेत्रिय सभापति अकेल मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय आमन्त्रित सदस्य अभिषेक प्रताप शाह लुम्विनी प्रदेश विपक्षी दलका नेता ,विरेन्द्र कुमार कनौडिया जिल्ला नेता प्रेम बहादुर रायमाझी, अजय थापा हुमकान्त खनाल लगायत बोलेका थिए । कार्यक्रममा सहभागि सबै नेता कार्यकर्तालाई जिल्ला सभापति सुरेन्द्रराच आर्चायले आभार व्याक्त गरेका छन् ।