रंगेली । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेकपाका दुई कम्युनिष्ट राजाले गर्दा संविधान र लोकतन्त्र जोखिममा परेको बताएका छन् । नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा संघीय निर्वाचन क्षेत्रमा आयोजन गरेको सभालाई सम्बोधन गर्ने क्रममा मोरङ क्षेत्र नं.२ का सांसद समेत रहेका डा.रिजालले-दुई राजाहरु आफु-आफुमा को ठुलो मान्छे हुने भनेर लडाई गर्दा मुलक संकटमा परेको बताए ।
'आज भ्रष्टाचारमा डुबेका नेकपा भित्र अन्तिम समय सम्म दुई मुखिया बिच भागवण्डाको स्वार्थ नमिल्दा संविधान माथि खेलबाड भएको र जनताले दुख भोग्नु परेको छ', डा.रिजालले संविधानले देखाएको बाटोमा नहिडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जे मनमा आयो त्यही गरेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताए।
उनले आफ्नो मात्र स्वार्थ हेर्ने हो भने, कांग्रेसलाई यो भन्दा सहज अवस्था के हुन सकथ्यो र तर प्रधानमन्त्रीको अधिनायकबाद सोचले संविधान अफ्ट्यारोमा परेकाले त्यसलाई जोगाउन जिम्मेवारी कांग्रेसको काधमा रहेको बताउदै नेपाली जनताले कांग्रेससँग ठुलो अपेक्षा राखेको बताए ।
डा.रिजालले प्रधानमन्त्री ओलीले चुनाव गराउने सोचले संसद विगठन नगरेको आरोप लगाउदै कुनैपनि हालतमा सत्ता नछाड्ने मनोवृत्तीका कारणले बैशाखमा चुनाव नहुने बताए । डा.रिजालले अर्को फरक प्रशंगमा समृद्ध र विकासको ठुलठुला गफ हाक्ने कम्युनिष्ट नेताले चिन र दिल्लीबाट रेल नल्याएर यी कम्युनिष्टको झगडाले यहाको राजनैतिकलाई प्रभावित गर्न दिल्ली र बेजिङबाट निति निर्माता नेता भने भित्राएको बताए ।