डोटी । सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका नेता भरत खड्काले केपी ओलीले चालेको कदम वदनियतपूर्ण भएको वताएका छन् । सोमबार डोटीको सिलगढीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले संसद विघटन अनि सर्वसत्तावादका विरुद्धमा आयोजना गरेको विरोध सभालाइ सम्बोधन गर्दै यस्तो वताएका हुन् ।
कम्युनिष्टहरु संसद विघटन गरेर चुनावमा जाने नौटंकी कुरा गरे पनि आफू चुनावमा सहभागी नहुने वताउदै नेता खड्काले भने- नेपाली कांग्रेस अदालतको निर्यणलाई आत्मसाथ गर्दे संसद पूर्नस्थापना नभए चुनाववाट पछाडी हट्ने छैन । संविधान माथि कम्युनिष्टले वलात्कार गरेको वताउदै नेता खड्काले भने- नेपाली कांग्रेसको नेतृत्वमा वनेको संविधानको रक्षा गर्नु नेपाली कांग्रेसमा ठूलो जिम्मेवारी आएको छ ।
'छिमेकी संग असल समन्वय गर्नु, सवै दललाइ मिलायर लैजाने कांग्रेसको परम्परा हो' नेता खड्काले भने- इतिहासमा फेरी सवै जिम्मेवारी निभाउन कांग्रेसको काँधमा आएको छ । कम्युनिष्टले नेतृत्व गरेका सवै स्थानिय तह देखि माथि सम्म चलायका सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको वताउदै नेता खड्काले भने- कोभिडको विश्वाव्यापी समस्या परेका वेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गरेको छ ।
यस्तो वेला कम्युनिष्टहरुले जस्तो पनि घटना घटाउन सक्ने वताउदै नेता खड्काले सवै जनताले सचेत भएर वस्न आग्रह गरे । विरोध -याली सिलगढी वजार परिक्रमा गरि जिल्ला प्रसासन कार्यालय नजिक कोण सभामा परिणत भएको थियो । विरोध सभालाई नेपाली कांग्रेसका डोटीका पार्टी सभापती प्रदिप कुमार देउवाले पनि सम्बोधन गरेका थिए । कोण सभाको संचालन नेपाली कांग्रेस डोटीका पार्टी सचिव नारायण जोशीले गरेका थिए ।