काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार खराव प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय लय गुमाएको चेल्सीले जितका लागि संघर्ष गरिरहेको छ ।
आइतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । ल्सीले ओलिभर जिराउडको गोलमा अग्रता लिएको थियो ।
तर दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए । प्रशिक्षक फ्रयांक लाम्पार्डले टिममा परिवर्तन गर्दै फरवार्ड लाईनमा जिराउडलाई राखेका थिए ।
अर्को खेलमा लेस्टर सिटी क्रिस्टल प्यालेससँग बराबरी खेल्न वाध्य भएको छ । १९ औं मिनेटमै पेनाल्टीमा गोल गर्न चुकेको सिटीले ५८ औं मिनेटमा विल्फ्रेड जाहाको गोलबाट क्रिस्टलका लागि गोल गरेपछि पछि पर्न वाध्य भयो ।
तर ८३ औं मिनेटमा हार्भे बार्नेसको गोलबाट बराबरी गर्न सफल भयो ।
आइतबार रातिको म्यान्चेस्टर सिटी र एभर्टनबीचको खेल भने स्थगित भएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएसँगै यो खेल कोरोनाका कारण स्थगित भएको हो ।
अंक तालिका
१५ खेलबाट लिभरपुल शीर्ष स्थानमा छ । १६ खेलबाट २९ अंकसहित लेस्टर दोस्रो स्थानमा पुगेको छ । खेल स्थगित भएसँगै १५ खेलबाट २९ अंकको एभर्टन तेस्रो स्थानमा छ ।
१४ खेलबाट २७ अंक अंकसहित म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा छ । १६ खेलबाट २६ अंकको चेल्सी छैटौं स्थानमा छ ।