भारतमा कोरोना संक्रमित भन्दा निको हुने नौ हजारले बढी
प्रकाशित २०७७ पुष १४ मंगलबार
56
Shares
काठमाडौं । पछिल्ला केही दिनदेखि उतारचढाव भइरहेको कोरोना भाइरसको संक्रमणमा सोमबार भने निकै अन्तर आएको छ । सोमबार संक्रमित थपिने भन्दा निको हुने करिब ९ हजारले बढी रहेका छन् ।
१६ हजार ७२ जना संक्रमित थपिँदा २४ हजार ८२२ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९८ लाख ६ हजार ७६७ पुगेको छ ।
अहिले २ लाख ६७ हजार १७ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म १ लाख ४८ हजार १९० जनाको ज्यान गएको छ । सोमबार २५० जनाको ज्यान गएको थियो ।