arrow

सरकारको कदमविरुद्ध चार कम्युनिष्ट पार्टीको मोर्चाबन्दी, ओली विदेशीको इशारामा चलेको आरोप

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
4party.jpg

काठमाडौं । संसद विघटन विरुद्ध नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दल एकठाउँ उभिएका छन् ।

सरकारको गैरसंवैधानिक कदमको विरोध गर्दै चार पार्टीले मोर्चाबन्दी गर्ने निर्णय गरेका हुन ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति गरेका हुन ।

वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन् ।

 विज्ञप्तिमा भनिएको छ, ‘दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथा वैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याई रहेको छ ।’



लोकप्रिय समाचार
नयाँ