काठमाडौं । नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक बनेको आरोप लगाएकी छिन् ।
संसद विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आयोजना गरेको देशब्यापी प्रदर्शन अन्तर्गत काठमाडौंको भृकुटीमण्डमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाएकी हुन ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका योद्धाहरुलाई स्मरण गर्दै उनले समाजवादको लक्ष्यसहितको संविधान जारी गरेपनि ओलीले ‘कू’ गरेको आरोप लगाइन ।
नेतृ शाक्यले भनिन‘, हामीले आदर गरेको केपी ओली सर्वसत्तावादी बने, स्वच्छाचारी, प्रतिगमनकारी र निरंकुश बने ।’ जनताको शक्तिको अगाडी ठूला शासकहरु पनि ढलेको बताउँदै उनले ओली सरकार पनि चाँडै ढल्ने बताइन ।