arrow

हेटौंडा जेसिसमा सुधिर दाहालको उम्मेदवारी

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
JSI.jpg

हेटौंडा । सन् २०२१ का लागि जेसिआई हेटौंडाको अध्यक्ष पदमा सुधिर दाहालले उम्मेदवारी घोषणा गरेका छन ।

आगामी शुक्रबार र शनिबार हुने ४३औं साधारण सभाबाट हेटौंडा जेसिसको नयाँ नेतृत्वको चयन हुँदै छ ।

२०११ मा हेटौंडा जेसिसमा प्रवेश गरेका दाहाल सन् २०१३ मा उपाध्यक्ष, २०१४ मा सचिव, २०१५ मा कोषाध्यक्ष र २०१८ मा कार्यकारिणी उपाध्यक्ष बनेका थिए ।

जेसिसमा रहँदा उनले विभिन्न कार्यक्रमहरुमा आफ्नो नेतृत्वदायी भूमिका देखाउँदै आइरहेका छन । विभिन्न कालखण्डमा जेसिसमा रहँदा भोगेका अनुभवबाट नै आफूले २०२१ को अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको दाहालले बताए ।

आफू नेतृत्वमा पुगेपछि जेसिसका सबै सदस्यहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र जेसिसलाई पार्टी गत गुटबन्दीबाट मुक्त गर्ने लक्ष्य लिएको उनले बताएका छन ।

उनको समूहबाट कार्यकारिणी उपाध्यक्षमा छतेन्द्र आचार्य र पुष्पराज पुडासैनी, उपाध्यक्षमा अमित आचार्य र सुनिल सुवेदीले उम्मेदवारी घोषणा गरिसकेका छन ।

उनको समूहबाट कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवार बनेका आचार्यले आफ्नो समूहले एजेण्डा सहितको उम्मेदवारी घोषणा गरेकाले जीत सुनिश्चित रहेको बताए ।

हामी जेसिसलाई एजेण्डाबाट अघि बढाउँन चाहन्छौं, विगतको भूमिका र एजेण्डाबाट नै धेरै अग्रज तथा समकालिन साथीहरुको सुभेच्छा हामीले पाएका छौं,’ आचार्यले भने ।



लोकप्रिय समाचार
नयाँ