काठमाडौं । कोरोना भाइरसको माहामारी सुरु भएको चीनको वुहान शहरमा आधिकारीक आंकडाभन्दा बढी मानिसमा संक्रमण भएको हुनसक्ने देखिएको छ । चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सीडीसी)ले गरेको अध्ययनले यस्तो देखाएको हो ।
ध्ययनका लागि वुहानका ३४ हजार नागरिकको रगतको नमुना संकलन गरिएको थियो । हुबई, संघाई, बेइजिङलगायतका अन्य प्रान्त एवं शहरबाट पनि नमुना संकलन गरिएको थियो ।
वुहानका ४.४ प्रतिशत नागरिकको रगतको नमुनामा कोरोना भाइरसको संक्रमण भएको एन्टीबडी देखिएको थियो । करिब १ करोड १० लाखको जनसंख्या रहेको यो शहरमा करिब ५० हजारमा मात्रै संक्रमण भएको आधिकरीक तथ्यांक छ ।
हुबईलगायतका अन्य शहरका मानिसको रगतको नमुनाको ०.४४ प्रतिशत नमुनामा मात्रै कारोना भाइरसको संक्रमण भएको एन्टीबडी पाइएको छ ।
यस अध्ययनले वुहानमा झण्डै ५ लाख मानिसमा कोरोना भाइरसको संक्रम्ण भएको हुनसक्ने अनुमान गरिएको छ ।