arrow

मुआब्जाको बिषयमा झापाको चाइना–नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क फेरि विवादमा

संसद बिघटनको बिरोध हुँदा पार्कको मुआब्जाको पनि बिरोध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १४ मंगलबार
jhapa-industrial-park.jpg

झापा । झापाको दमक नगरपालीका सहित कमल गाउँपालीका र गौरादह नगरपालीकामा निर्माण हुने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डष्ट्रियल पार्क’ को मुआब्जालाई लिएर स्थानियको असन्तुष्टी फेरि सतहमा आएको छ। चिनियाँ लगानीमा बन्ने पार्कको मुआब्जालाई लिएर सुरुदेखीनै विवाद देखिएको हो। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरी निर्वाचनको मिति घोषणा गरेको बिरोधमा प्रधानमन्त्रीको गृहनगर दमकमा संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले आयोजना गरेको बिरोध कार्यक्रमका वक्ताहरुले समेत ईन्डष्ट्रियल पार्कको मुआब्जाको बिषयमा कुरा उठाएका छन् ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ ले ईन्डष्ट्रियल पार्कको मुआब्जा बैज्ञानिक नभएको भन्दै नेकपा संबद्ध भुमाफियाहरुका कारण नागरिकहरु पिडित बनेको बताए। कार्यक्रमका प्रमुख अतिथि रहेका लिङदेनले नेकपाका स्थानिय कार्यकर्ताहरुले सयौं बिगाहा जग्गा स्थानियसंग सस्तो मुल्यमा लिएर महंगो मुआब्जा लिएको तर वास्तविक जग्गाधनीको भने मुल्याङकन थोरै गरेको आरोप लगाए। नागरिकहरुलाई सास्ती दिने काम नरोकिए आफुहरु चुपलागेर नबस्ने समेत उनले चेतावनी दिए।  

दमक, कमल र गौरादहमा दुई हजार दुई सय बिघामा निर्माण हुने दमक क्लिन इन्डस्ट्रियल पार्कका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सरकारी समितिले सिफारिस गरेको दर रेटमा जग्गा दिन नसक्ने जग्गाधनीले चेतावनी दिएका छन् । चिनियाँ लगानीमा झापामा बन्ने भनिएको दमक औद्योगिक क्षेत्रको मुआब्जा कम भएको मागसहित जग्गाधनीले पुनः मूल्यांकनको माग गरेका छन् । 

जग्गा प्राप्ति ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी, मालपोतका अधिकृतसहितको सिफारिस समितिले जग्गाको दररेट तोकेको छ । तर समितिले गरेको मूल्यांकनअनुसार जग्गा दिन नसकिने स्थानिय अगुवा खगेन्द्रबहादुर भट्टराईले बताए । त्यसैगरी नापिमा छुटेका जग्गाहरुलाई समेत मुआब्जाको दायरामा ल्याउनु पर्ने उनले बताए। 



लोकप्रिय समाचार
नयाँ