झापामा प्रस्तावित चिनियाँ परियोजना क्लीन पार्क विरुद्ध प्रदर्शन
प्रकाशित २०७७ पुष १४ मंगलबार
107
Shares
झापा। चिनियाँ कम्पनीको लगानी रहेको परियोजनाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बृहत प्रदर्शन गरिएको छ। चीनको निकै महात्वाकांक्षी कम्पनी बेल्ट एन्ड रोड परियोजना अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा बनिरहेको दमक क्लिन इन्डस्ट्रियल पार्कमा भइरहेको अवैध क्रियाकलापविरुद्ध दमकमा बृहत प्रदर्शन भएको हो।
मंगलबार ओलीविरुद्ध भएको देशव्यापी प्रदर्शनसँगै प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको दमकमा चिनियाँ महत्वाकांक्षी परियोजनाविरुद्ध व्यापक प्रदर्शन गरिएको हो।
चिनियाँ प्रत्यक्ष लगानीमा बनिरहेको यस परियोजनामा कर्मचारी नियुक्ति तथा उनीहरुको व्यवस्थापनमा समस्या भएपछि उक्त कम्पनीविरुद्ध प्रदर्शन गरिएको हो।
राजनीतिकरुपमा पनि निकै महत्वाकांक्षी मानिएको यस परियोजनामा प्रधानमन्त्री ओलीले आफैं छनोट गरेको परियोजनाविरुद्ध संघीय लिम्बुवान मञ्च विरोधमा उत्रिएको हो। मुआब्जामा पनि मञ्चले बिरोध जनाएको छ।