arrow

भारतीय सहयोगको परियोजना अध्ययन गर्ने टोली काठमाडौंमा

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
india-flag.jpeg

काठमाडौं। नेपालमा संचालन गर्ने सहमति भएर पनि संचालन हुन नसकेका तथा काममा ढीलासुस्ती भएका परियोजनाहरुको अनुगमन गर्न भारतीय विदेश मन्त्रालयको एक ३ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ। भारतीय विदेश मन्त्रालयको ग्लोबल इस्टेट मेनेज्मेन्ट विभाग अन्तर्गतका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा ३ सदस्यीय टोली नेपाल आइपुगेको हो। टोलीमा कर्णेल समेत रहेका सुपरिटेण्डिङ इन्जिनियर विनय बहल र वरिष्ठ आर्किटेक्ट निधि आनन्द रहेका छन्।

भारतीय दूतावास निकट स्रोतका अनुसार भारतीय सहयोगमा नेपालमा संचालनमा रहेका तथा संचालनका क्रममा कठिनाइ रहेका परियोजनाहरुको टोलीले अध्ययन तथा अनुगमन गर्ने बताइएको छ। टोलीले नेपालमा भारतीय सहयोगमा संचालित परियोजनाहरुको प्रगति प्रतिवेदन पनि तयार गर्ने छ। गर्ने सबै तयारी भएर पनि विभिन्न कारणवश संचालन हुन नसकेका परियोजनाहरुलाई निरन्तरता दिने की बन्द गर्ने भन्नेसम्मको अख्तियारी टोलीलाई रहेको छ।

काठमाडौंमा प्रस्ताव गरिएको अडिटोरीयम हल, खेलकुद रंगशाला लगायतका परियोजना बन्न ढीलाई भइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरि के कति कारणले ढीलाई भएको हो एकिन गरि सो परियोजना अघी बढाउने वा बन्द गर्नेसम्मको सुझाव दिने गरि टोली नेपाल भ्रमणमा रहेको भारतीय दुतावास स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
नयाँ